०४ असार २०८३, बिहीबार

नक्कली नोटसहित १ जना पक्राउ

माघ २२, २०८२
सुनसरी
नक्कली नोटसहित १ जना पक्राउ

सुनसरीमा नक्कली नोटसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका १० का २५ वर्षीय बहिस मियाँ छन् ।

उनलाई सुनसरीको हरिनगर गाउँपालिका १ स्थितबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका २८ थान नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका मियाँले माघ २१ गते राति हरिनगर १ स्थित किराना पसलमा समान खरिद गर्दा नक्कली नोट दिएको भनि पसल धनीले प्रहरीलाई जानकारी गराएका थिए ।​

त्यसपछि प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले मियाँलाई नियन्त्रणमा लिएको थियो । उनको शरीर खानतलासी गर्दा उक्त नक्कली नोट बरामद भएको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्