
सिंहदरबार आगजनी गरेको बताउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम रहेका छन् ।
उनले गत भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरबार आगजनी गरेको बताउने र अन्य व्यक्तिलाई समेत आगजनी गर्न उक्साउने, भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न भएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा दिन ५ (पाँच) को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले बताए ।