२५ असार २०८३, बिहीबार

टी–२० विश्वकप : आईसीसी र पीसीबीका अधिकारीबीच भेट हुँदै, बीसीबी अध्यक्ष पनि उपस्थित हुने

माघ २५, २०८२
काठमाडौं
टी–२० विश्वकप : आईसीसी र पीसीबीका अधिकारीबीच भेट हुँदै, बीसीबी अध्यक्ष पनि उपस्थित हुने

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अधिकारीहरू आइतबार लाहोरमा भेट्ने भएका छन् । आगामी हप्ता भारतविरुद्ध हुने टी–२० विश्वकप खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयबारे छलफल गर्न उनीहरूबीच बैठक हुन लागेको हो ।

आईसीसीका डेप्युटी चेयरम्यान इमरान ख्वाजा र कार्यकारी समितिका सदस्य मुबाशर उस्मानीले पीसीबी अध्यक्ष मोहसिन नक़वीसँग भेट गर्नेछन् । सो बैठकमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का अध्यक्ष अमिनुल इस्लाम पनि उपस्थित रहनेछन् ।

पाकिस्तान क्रिकेट बोर्डले एक्समार्फत जानकारी दिँदै पीसीबी अधिकारी सलमान नसीरले पाकिस्तान आइपुगेका बंगलादेश क्रिकेट बोर्डका प्रमुख अमिनुल इस्लामको स्वागत गरेको जनाएको छ ।

एक्समै गरिएको अर्को पोस्टमा पीसीबीले आईसीसीका डेप्युटी चेयरम्यान इमरान ख्वाजाको लाहोर विमानस्थलमा पीसीबी अध्यक्षका सल्लाहकार आमिर मीरले स्वागत गरेको उल्लेख गरेको छ ।

पीसीबीका अनुसार पूर्व टेस्ट क्रिकेटर अमिनुल इस्लामले लाहोरमा पीसीबी अध्यक्ष मोहसिन नक़वीसँग भेट गरिसकेका छन् ।

बंगलादेशले टोलीको सुरक्षालाई कारण देखाउँदै भारतबाहिर आफ्नो खेल गराउन माग गरेको थियो । तर आईसीसीले उक्त अनुरोध अस्वीकार गरिदिएको थियो । त्यसपछि पाकिस्तान सरकारले फेब्रुअरी १५ मा भारतविरुद्ध हुने खेल बहिष्कार गर्ने घोषणा गरेको थियो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो निर्णय बंगलादेशलाई “समर्थन” गर्न लिइएको बताएका छन् ।

पाकिस्तानी टोलीले उक्त खेल बहिष्कार गरेमा उसले अंक गुमाउनुपर्नेछ । यसले आईसीसीका हालका प्रसारण अधिकार सम्झौतामा विवाद निम्त्याउन सक्ने र भविष्यका सम्झौतामा समेत असर पार्न सक्ने अनुमान गरिएको छ । हालका टिभी सम्झौता सन् २०२७ को विश्वकपपछि समाप्त हुँदैछन् ।

 

 

salt training

कमेन्ट गर्नुहोस्