०१ असार २०८३, सोमबार

जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट देशभर उपलब्ध

माघ २६, २०८२
काठमाडौं
जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट देशभर उपलब्ध

नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकले कम्पनीमा रहेको ग्राहक विवरण अब आफैंले अनलाइनमार्फत् भरेर अपडेट गर्न सक्ने व्यवस्था गरिएको छ । 

गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएकोमा कम्पनीको २२औं वार्षिकोत्सवको अवसरमा यही माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध हुने व्यवस्था गरिएको हो ।

यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकले कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्ने छन् । 

यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी राखेर त्यसै अनुसार आफ्नो व्यक्तिगत र अन्य विवरणसहित आफूले धेरै कल गर्ने ५ वटा मोबाइल नम्बर समेत राख्नु पर्छ ।

सबै विवरण भरिसकेपश्चात प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्छ । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।

अहिले पनि धेरै ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुनेछ । यसबाट अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न सजिलो हुने अपेक्षा गरिएको प्रवक्ता रविन्द्र मानन्धरले बताएका छन् ।    

salt training

कमेन्ट गर्नुहोस्