१६ असार २०८३, मंगलबार

फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

माघ २८, २०८२
काठमाडौं
फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा एउटा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ । साथै २७ जना अझै बेपत्ता रहेका फिलिपिन्स कोस्ट गार्ड (पीसीजी)ले बुधबार जनाएको छ ।

विभिन्न पक्षसँगको प्रमाणीकरणको आधारमा, एमभी त्रिशा केस्र्टिन–३ डुङ्गामा सवार व्यक्तिहरूको सङ्ख्या ३७२ रहेको पुष्टि भएको पीसीजीले उल्लेख गरेको छ । जसले डुङ्गा डुब्ने घटनाको दुई हप्ताको अनुसन्धान पछि अद्यावधिक तथ्याङ्क जारी गरेको हो ।

प्रारम्भिक अनुसन्धानका आधारमा पुष्टि भएका जिवितहरूको संख्या २९३ मा समायोजन गरिएको छ ।

पूर्ण पहिचान प्रमाणीकरण प्रक्रिया पछिको संशोधनमा सूचीबद्ध यात्रुहरू र अघोषित चालक दलका सदस्यहरू दुवै समावेश भएको पीसीजीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्