१६ असार २०८३, मंगलबार

क्यानडा घटना : १८ वर्षीया किशोरीद्वारा आमा र भाइसहित ८ जनाको हत्या

माघ २९, २०८२
काठमाडौं
क्यानडा घटना : १८ वर्षीया किशोरीद्वारा आमा र भाइसहित ८ जनाको हत्या

क्यानडाको ब्रिटिस कोलम्बियास्थित टम्बलर रिजमा भएको एउटा विभत्स गोलीकाण्डमा आठ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी व्यक्ति घाइते भएका छन्।

 प्रहरीले यस घटनाको मुख्य संदिग्धको रूपमा १८ वर्षीया जेसी भान रुट्सलारलाई पहिचान गरेको छ । उनले आक्रमणपछि घटनास्थलमै आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का अनुसार यो हिंसात्मक घटना टम्बलर रिज सेकेन्डरी स्कूल र संदिग्धको घरमा भएको थियो। अनुसन्धानका क्रममा जेसीले विद्यालय जानुअघि आफ्नै घरमा ३९ वर्षीया आमा र ११ वर्षीय सौतेनी भाइको हत्या गरेको खुलेको छ। त्यसपछि उनी विद्यालय पुगेर अन्धाधुन्ध गोली प्रहारमा उत्रिएकी थिइन्।

टम्बलर रिज सेकेन्डरी स्कूलमा भएको गोलीकाण्डमा एक ३९ वर्षीया शिक्षिका, १२ वर्षका तीन छात्रा, तथा १२ र १३ वर्षका दुई छात्रले ज्यान गुमाएका छन्। आरसीएमपीका डेपुटी कमिश्नर ड्वेन म्याकडोनाल्डले संदिग्ध जेसीको पृष्ठभूमिबारे जानकारी दिँदै उनी जैविक रूपमा पुरुष जन्मिए तापनि विगत ६ वर्षदेखि महिलाको रूपमा पहिचान बनाएर बसिरहेकी बताए।

उनीसँग यसअघि वैध बन्दुक इजाजतपत्र भए तापनि हाल त्यसको म्याद समाप्त भइसकेको पाइएको छ। विगतका वर्षहरूमा मानसिक स्वास्थ्यका समस्याका कारण प्रहरी पटक-पटक उनको घर पुग्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ।

मंगलबार दिउँसो स्थानीय समय अनुसार करिब १:३० बजे विद्यालयमा गोलीबारी भएको खबर पाएको दुई मिनेटभित्रै प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी टोली भित्र पस्दा संदिग्ध मृत अवस्थामा फेला परेकी थिइन्। घटनास्थलबाट एउटा लामो बन्दुक र परिमार्जित ह्यान्डगन बरामद गरिएको छ ।

यस घटनाप्रति दुःख व्यक्त गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले विद्यार्थी र शिक्षकहरूले अकल्पनीय क्रूरता भोग्नुपरेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्