०७ साउन २०८३, बिहीबार

के अलग हुँदैछन् प्रियंका र निक ? यस्तो छ प्रियंकाको प्रतिक्रिया

माघ २९, २०८२
काठमाडौं
के अलग हुँदैछन् प्रियंका र निक ? यस्तो छ प्रियंकाको प्रतिक्रिया

डेटिङ, विवाह वा सम्बन्धविच्छेदले संसारका कलाकार प्रायः आफ्नो पेशागत जीवनभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा रहने गर्छन् । स्टार जोडी प्रियंका चोपडा र निक जोनस पनि यसबाट अछुतो छैनन् ।

प्रियंका र निकले सन् २०१८ मा विवाह गरेका थिए । केही महिनाको डेटिङपछि गरिएको आकस्मिक विवाहमाथि सुरुदेखि नै प्रश्न उठाइयो । उमेर अन्तर, अन्तरसंस्कृतिक विवाह र फरक पृष्ठभूमिका विषयमा पनि जोडीले व्यापक आलोचना र जाँचको सामना गर्नुपरेको थियो । विवाहको समयमा मात्र नभइ त्यसपछि पनि उनीहरूले सम्बन्धलाई लिएर ट्रोलिङ सहनुपर्‍यो ।

के अलग हुँदैछन् प्रियंका र निक ?
समय–समयमा प्रियंका र निक अलग हुँदैछन् भन्ने हल्ला चल्यो भने कहिलेकाहीँ उनीहरू केवल राम्रो जोडीको अभिनय गरिरहेका छन् भन्ने आरोप पनि लाग्यो । हालै एक अन्तर्वार्तामा प्रियंकाले यिनै अफवाह र सार्वजनिक जाँचबारे खुला धारणा व्यक्त गरेकी छन् ।

उनले भनिन्, ‘हामी आठ वर्षदेखि सँगै छौं । यदि मानिसहरू हाम्रो सम्बन्ध टुट्ने प्रतीक्षा गर्न चाहन्छन् भने त्यो उनीहरूको इच्छा हो । मैले यसबारे सोच्नै छोडिसकेको छु । हामीमा के कुरा थियो जसले मानिसहरूलाई असहज बनायो, मलाई थाहा छैन । सायद फरक–फरक देश, फरक धर्म र उमेर अन्तर भएको अन्तरसंस्कृतिक सम्बन्ध नै कारण हुन सक्छ ।’

उनले थपिन्, ‘त्यो समय निकै पीडादायक थियो । हामीले बाहिर के भइरहेको छ भन्नेभन्दा एक–अर्कालाई हेर्ने निर्णय गर्‍यौं र सोच्यौं— यसले कुनै फरक पार्दैन । अहिले ती सबै कुरा पानीजस्तै बगिसकेका छन् ।’

६ महिनाको भेटपछि नै विवाह
प्रियंका र निकले सन् २०१८ मै डेटिङ सुरु गरेका थिए । अभिनेत्रीका अनुसार भेट भएको करिब ६ महिनाभित्रै उनीहरूले विवाह गरेका थिए । प्रियंकाले भनिन्, ‘हामीले भेटिएको ६ महिनाभित्रै विवाह गर्‍यौं । जब मैले निकसँग विवाह गरेँ, त्यो यथार्थ जस्तो लागेन । मलाई यो पागलपनजस्तो लाग्थ्यो, कतै देखावटी त होइन भन्ने पनि सोच्थेँ । तर निक अत्यन्त इमानदार छन् । उनले मलाई हरेक दिन प्रेरित गर्छन् ।’

प्रियंकाले अन्तर्वार्तामा पति निक जोनस र सासु–ससुरको प्रशंसा पनि गरिन् । उनका अनुसार निकका आमाबुबा शान्त र सन्त स्वभावका छन् । उनले त्यही गुण निकमा पनि देखिएको बताइन् ।  

 

कमेन्ट गर्नुहोस्