
पाकिस्तानको खैबर पख्तुनख्वाहमा एक सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १० सुरक्षाकर्मी मारिएका छन् भने कैयौं घाइते भएका छन् ।
बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सुरक्षा चौकीमा विस्फोटकले भरिएको गाडीमा धमाका भएको बीबीसी उर्दूले जनाएको छ । उक्त भवन पहिला एक मदरसता रहेको र पछि त्यहाँ सुरक्षा चौकी बनाइएको बताइएको छ ।
प्रहरी अधिकारीले आक्रमणमा कम्तीमा १० जना सुरक्षाकर्मी मारिएको पुष्टि गरेका छन् । मर्नेहरूमा एक प्रहरी र फ्रन्टियर कोरका ९ जना सैनिक रहेका छन् ।
पाकिस्तानी सेनाका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।