०६ असार २०८३, शनिबार

भरुवा बन्दुकसहित २ जना पक्राउ

फागुन ६, २०८२
काठमाडौं
भरुवा बन्दुकसहित २ जना पक्राउ

तनहुँको देवघाट गाउँपालिका ४ बाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देवघाट ४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

ग्रामीण इलाकामा गस्ती गर्ने क्रममा उनीहरूलाई बन्दुकसहित पक्राउ गरिएको उनले बताए ।​

उनीहरूको साथबाट बारुदजस्तो देखिने कालो पदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध मङ्गलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्