०३ असार २०८३, बुधबार

वैदेशिक रोजगार एसोसिएसनद्वारा निर्वाचन परिचालन मूल समारोह समिति गठन

फागुन ७, २०८२
काठमाडौं
वैदेशिक रोजगार एसोसिएसनद्वारा निर्वाचन परिचालन मूल समारोह समिति गठन

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन मूल समारोह समिति गठन गरेको छ ।

एसोसियसनले आज एक विज्ञप्ति जारी गरी एसोसिएसनका केन्द्रीय अध्यक्ष दीपक थापाको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन मूल समारोह तथा प्रचारप्रसार समिति गठन गरेको हो ।

एसोसियसनले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका १६५ वटै क्षेत्रका उम्मेदवारलाई विजयी गराउन समिति गठन गरेको जनाएको छ ।

अध्यक्ष थापाले आगामी निर्वाचनमा पार्टीको नीति, विचार र उम्मेदवारको पक्षमा शुभेच्छुक संस्थामा आबद्ध वैदेशिक रोजगार व्यवसायीलाई आफ्नो जिल्ला र क्षेत्रमा सक्रिय बनाउने उद्देश्यले समिति गठन गरिएको बताए ।​ 

एसोसियसनले कोशी प्रदेशमा नरेन्द्रप्रसाद ढकाल, मधेश प्रदेशमा दानबहादुर बुढाथोकी, बागमती प्रदेशमा विनोदजङ्ग केसी, गण्डकी प्रदेशमा श्यामप्रसाद श्रेष्ठ, लुम्बिनीमा रामप्रसाद गैरे, कर्णालीमा ऋषिप्रसाद शर्मालाई संयोजक तोकिएको विज्ञप्तिमार्फत जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्