०९ असार २०८३, मंगलबार

भारतसँग सीमा जोडिएका नाका फागुन १८ देखि २१ गतेसम्म बन्द हुने

फागुन १३, २०८२
बाँके
भारतसँग सीमा जोडिएका नाका फागुन १८ देखि २१ गतेसम्म बन्द हुने

भारतसँग सीमा जोडिएका बाँके जिल्लाका नाकाहरू बन्द हुने भएका छन् ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका उक्त नाकाहरू बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ बुधबार सूचनामार्फत फागुन १८ देखि २१ गतेसम्म उक्त नाकाहरू बन्द हुने जानकारी दिएका हुन् ।

'फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाकाहरू मिति २०८२/११/१८ गते (२ मार्च २०२६) सोमबार राति १२ बजेदेखि २०८२/११/२१ गते (५ मार्च २०२६) बिहीबार राति १२ बजेसम्म बन्द रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ,' सहायक प्रमुख जिल्ला अधिकारी गुरुङद्वारा जारी सूचनामा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्