०६ असार २०८३, शनिबार

हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

असार ५, २०८३
काठमाडौं
हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

कालीकोटमा सूर्यबहादुर शाहीको मृत्यु प्रकरणमा प्रहरीले उनकै श्रीमती र छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उनकै ४१ वर्षीय श्रीमती राजकला शाही र १८ वर्षीय छोरा रुपेश शाही छन् ।

कालीकोटको सान्नित्रिबेणी गाउँपालिका वडा नम्बर ४ घर भई वडा नम्बर ९ मा बस्ने ४८ वर्षीय सूर्यबहादुर शाही गत जेठ २७ गते सुपेचौरस्थित गोरेटो बाटोमा मृत फेला परेका थिए ।

अनुसन्धानका क्रममा उनकै छोरा र श्रीमतीको संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्