
लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किएको बीबीसीको समाचारमा उल्लेख छ।
विस्फोट बेरुतको दक्षिणी उपनगर 'दहिएह' मा भएको हो, जुन सशस्त्र समूह हिजबुल्लाहको मुख्य गढ मानिन्छ।
इजरायल र हिजबुल्लाहबीच बढ्दो तनावका बीच इजरायली हवाई हमलाका कारण यो विस्फोट भएको बताइएको छ।
विस्फोट लगत्तै आवकरस्थित अमेरिकी दूतावासले लाउडस्पिकरमार्फत आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा जान र झ्यालहरूबाट टाढा रहन निर्देशन दिएको छ।
अहिले बेरुतको आकाशमा धुवाँ र धुलोको ठूलो मुस्लो देखिएको छ।