
सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत प्रारम्भिक गणनामा ७७६ मतले पछि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामजी यादवले १ हजार ६९८ मत ल्याएर अग्रस्थानमा हुँदा राउत ९२२ मत ल्याएर दोस्रो स्थानमा छन् ।
त्यसैगरी, पूर्वमन्त्री समेत रहेका जसपा नेपालका उमेशकुमार यादव ७७४ मत ल्याएर तेस्रो स्थानमा छन् ।
नेपाली कांग्रेसका रामकुमार यादवले ८० मत ल्याउँदा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले ७९ मत मात्रै ल्याएका छन् ।