
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले पराजित बनेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोककुमार चौधरीले दोब्बर मतले पछि पार्दै जित हासिल गरेका हुन् ।
चौधरीले ४७ हजार ४२१ मत ल्याउँदा गच्छदार २० हजार ५०१ मै सीमित हुन पुगे । यो क्षेत्रमा एमाले तेस्रो भएको छ ।
एमालेकी उम्मेदवार भगबती चौधरीले १५ हजार ८३ मत प्राप्त गरेकी छिन् । विगतमा यही क्षेत्रमा गच्छदार र भगबतीबीच नै प्रतिस्पर्धा हुँदै आएको थियो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा शक्तिशाली मानिएका गच्छदारलाई पराजित गर्दै चौधरीले उनलाई संसद्मा प्रवेशमा रोक लगाएकी थिइन् ।
यो पटक रास्वपाका अशोकले उनीहरू दुवै जनाको संसद् यात्रामा ब्रेक लगाइदिएका छन् ।