१२ साउन २०८३, मंगलबार

समानुपातिकमा श्रम संस्कृतिले कटायो ३ लाख २१ हजार मत, राष्ट्रिय पार्टी बन्ने पक्का !

फागुन २५, २०८२
काठमाडौं
समानुपातिकमा श्रम संस्कृतिले कटायो ३ लाख २१ हजार मत, राष्ट्रिय पार्टी बन्ने पक्का !

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख २१ हजार मत कटाएको छ । ९३ लाख ११ हजार ६०३ मतगणना सकिँदा श्रम संस्कृतिले ३ लाख २१ हजार ७५ मत प्राप्त गरेको हो ।

समानुपातिकमा ३ लाख २१ हजार मत कटाएसँगै श्रम संस्कृतिले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने सम्भावना बलियो बनेको छ ।

श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ सिट जितेको छ । सुनसरी १ बाट हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई निर्वाचित भएका छन्।

समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सिट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।

समानुपातिक मतदानतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याए मात्र समानुपातिक प्रणालीतर्फ सिट पाउँछ । सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्नेछ ।

null

कमेन्ट गर्नुहोस्