२४ जेठ २०८३, आइतबार

गगन थापालाई रक्षा बमको आग्रह- तपाईंले आफैं र दलभित्र शुरू गरेको आन्दोलनलाई सार्थक बनाउनुस्

फागुन २५, २०८२
काठमाडौं
गगन थापालाई रक्षा बमको आग्रह- तपाईंले आफैं र दलभित्र शुरू गरेको आन्दोलनलाई सार्थक बनाउनुस्

जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीभित्र शुरू गरेको आन्दोलनलाई सार्थकता दिन आग्रह गरेकी छिन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले थापालाई सांसदभन्दा पहिले आन्दोलनकारी रहेको स्मरण गराउँदै आफैं भित्र र आफ्नै दलभित्र शुरू गरेको आन्दोलनलाई सार्थकता दिन आग्रह गरेकी हुन् ।

'तपाईं सांसदभन्दा पहिले एउटा आन्दोलनकारी हुनुहुन्थ्यो । त्यसैले, एउटा आन्दोलनकारीको तर्फबाट अर्को आन्दोलनकारीलाई यति मात्र भन्न चाहन्छु कि जीवनका हरेक आन्दोलनहरू महत्त्वपूर्ण हुन्छन् । तपाईंको यो आत्मसंघर्ष, तपाईंले आफैं भित्र र आफ्नै दलभित्र शुरू गरेको आन्दोलनले सार्थकता पाओस्,' उनले भनेकी छिन् ।

जेनजी अगुवा बमले कांग्रेसलाई लास र दासहरूको पार्टी नभएको पुष्टि गर्न पनि सभापति थापासँग आग्रह गरेकी छिन् ।

'लोकतन्त्रमा दलहरूको भूमिका महत्वपूर्ण हुन्छ, अबका वर्षहरूमा तपाईं फेरि जनतामाझ फर्कनुहोस् । भुइँका कुरा सुन्नुहोस् र नेपाली कांग्रेसलाई फेरि मलजल गरेर, सफा गरेर, जनताको विश्वास जित्ने बीपी र प्रदीप गिरीहरूको कांग्रेस बनाउनुहोस्,' उनले भनेकी छिन्, 'तपाईंले विशेष महाधिवेशनमा भन्नुभएको थियो कि कांग्रेस लास र दासहरूको पार्टी होइन हामी पनि यही अपेक्षा गर्छौं, तपाईंका कामहरूले त्यस वाक्यलाई साँचो अर्थमा सार्थक बनाउनेछन् ।'

यस्तो छ उनको स्टाटस : 

salt training

कमेन्ट गर्नुहोस्