२४ जेठ २०८३, आइतबार
बालेन सरकारसँग कर्मचारीको सम्बन्ध

कर्मचारीतन्त्रमा भुइँचालो आउनेवाला छ, बाधक बन्नेहरू बर्खास्तीमा पर्न सक्छन्- गणेश घिमिरे

फागुन २८, २०८२
काठमाडौं

फागुन २१ गतेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुईतिहाइ बहुमतसहित विजयी भएपछि बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन हुँदैछ ।

बालेनको नेतृत्वमा बन्ने बलियो सरकारले अन्य क्षेत्रमा सुधारसँगै कर्मचारी प्रशासनमा समेत आमूल परिवर्तन गर्ने चर्चा शुरू भएको छ ।

राजनीतिक परिवर्तनपछि बनेका सरकारलाई प्रशासनिक नेतृत्वले सहयोग नगर्दा सरकारहरू असफल बन्ने गरेका थिए । तर अब कर्मचारीले घुमाएर सरकारलाई असफल बनाउने विगतका अभ्यास भत्किने परिवर्तनका वाहक कर्मचारीहरूले बताएका छन् ।

भदौ ३४–२४ को जेनजी आन्दोलनपछि प्रशासन सुधारका लागि शुरू भएको ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान’का संयोजक गणेश घिमिरे आमूल सुधारका लागि कर्मचारीतन्त्र तयार हुनुपर्ने बताउँछन् ।

टालटुले सुधारले मात्र नपुग्ने भएकाले बालेन नेतृत्वको बलियो सरकारले कर्मकाण्डी ढंगले काम गरिरहेको कर्मचारीतन्त्रमा आमूल सुधार गर्ने बताए ।

नतिजा दिन नसक्ने कर्मचारी बर्खास्तीमा पर्नसक्ने उनको भनाइ छ । पुरातनवादी सोच बोकेर बसेको कर्मचारीतन्त्रमा भुइँचालो आउने उनले दाबी गरे ।

राजनीतिक दलको भातृ संगठनको रूपमा काम गरिरहेका ट्रेन्ड युनियन खारेज गरेर जानुपर्ने उनले बताए । राजनीतिक दलका ट्रेन्ड युनियनको आडमा कर्मचारीतन्त्रमा बेथिति, सेटिङ र भ्रष्टाचार मौलाएको उनको भनाइ छ ।

सार्वजनिक प्रशासन रूपान्तरण अभियानले राज्यकोषबाट तलब खाएर राजनीति गर्ने र दलको झोला बोक्ने कर्मचारीको विवरण सार्वजनिक गर्ने तयारी गरेको समेत घिमिरेले बताए ।

बालेन सरकारसँग कर्मचारी प्रशासनले कसरी काम गर्नेछ ?

नयाँ सरकारसँग कर्मचारीका अपेक्षा के हुनेछन् ?

अहिलेकै स्रोत परिचालन गरेर कर्मचारीको सेवा–सुविधा दोब्बर गर्न सकिने आइडिया के हो ?

कर्मचारी प्रशासनमा कस्तो सुनामी आउन लागेको हो ?

यी लगायत कर्मचारी प्रशासनमा नयाँ सरकारले गर्नुपर्ने सुधारको विषयमा गणेश घिमिरेसँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्