
मध्यपूर्वमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा इरानले गरेको आक्रमणका कारण युद्धको सुरुवाती दुई हप्तामै अमेरिकालाई करिब ८०० मिलियन डलर (७५ अर्ब २० करोड बढी) को भौतिक क्षति भएको छ। सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजको प्रतिवेदन र बीबीसीको विश्लेषणले यस्तो तथ्य सार्वजनिक गरेको हो।
इरानको जवाफी हमलामा जोर्डन, संयुक्त अरब इमिरेट्स, कुवेत, कतार र साउदी अरबमा रहेका अमेरिकी एयर डिफेन्स र स्याटेलाइट सञ्चार प्रणालीलाई मुख्य निशाना बनाइएको छ।
प्रतिवेदनका अनुसार सबैभन्दा ठूलो क्षति जोर्डनको एक एयर बेसमा भएको छ । जहाँ 'थाड' मिसाइल डिफेन्स सिस्टमको राडार ध्वस्त भएको छ। यस राडार प्रणालीको मात्र मूल्य करिब ४८५ मिलियन डलर पर्दछ।
यस्तै, कुवेतको अली अल-सलीम बेस, कतारको अल-उदिद र साउदी अरबको प्रिन्स सुल्तान एयर बेसमा पनि इरानी मिसाइलले क्षति पुर्याएको स्याटेलाइट तस्बिरहरूमा देखिएको छ।
इरानले विशेष गरी अमेरिकी सेनाको राडार र सेन्सर प्रणालीलाई लक्षित गरी आक्रमण गरिरहेको विज्ञहरूको विश्लेषण छ। यस कार्यमा रुसले इरानलाई अमेरिकी सैन्य चालचलनबारे गुप्तचरी जानकारी दिएको दाबी समेत गरिएको छ।
फेब्रुअरी २८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग मिलेर इरानमाथि आक्रमण सुरु गरेयता हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ।
आर्थिक रूपमा यो युद्ध अमेरिकाका लागि निकै महँगो साबित भइरहेको समाचारमा उल्लेख छ। पहिलो ६ दिनमै ११.३ अर्ब डलर खर्च भएकोमा १२औँ दिनसम्म आइपुग्दा यो खर्च १६.५ अर्ब डलर पुगेको छ। पेन्टागनले युद्धका लागि थप २०० अर्ब डलर बजेट माग गरेको छ। रक्षा मन्त्री पिट हेगसेथले शत्रु सिध्याउन पैसा लाग्ने भन्दै थप बजेटको बचाउ गरेका छन्।
राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रम र सैन्य क्षमता कमजोर पार्ने लक्ष्यमा अमेरिका अघि बढिरहेको दाबी गरे पनि यो युद्धले विश्व अर्थतन्त्रलाई समेत धक्का दिएको छ। वि