२५ असार २०८३, बिहीबार

कति छ इरानी क्षेप्यास्त्रको निशानामा रहेका खाडी मुलुकको सैन्य सामर्थ्य ?

चैत ९, २०८२
काठमाडौं
कति छ इरानी क्षेप्यास्त्रको निशानामा रहेका खाडी मुलुकको सैन्य सामर्थ्य ?

अमेरिका र इजरायलसँगको बढ्दो तनावका बीच इरानले अमेरिकी सैन्य अखडा रहेका खाडी मुलुकहरूलाई निशाना बनाउन थालेपछि ती देशहरूको सैन्य क्षमताप्रति विश्वको ध्यान खिचिएको छ। 

साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कतारजस्ता देशहरूले इरानको प्रत्यक्ष सैन्य चुनौतीको सामना गरिरहेका छन् । 

खाडी क्षेत्रमा साउदी अरब सबैभन्दा ठूलो सैन्य शक्तिको रूपमा उभिएको छ, जसको सन् २०२४ को रक्षा बजेट ८० अर्ब डलरभन्दा बढी थियो। 

सन् २०२६ को ग्लोबल फायरपावर इन्डेक्समा २५औँ स्थानमा रहेको साउदीसँग ३०० भन्दा बढी एफ-१५ स्ट्राइक ईगल र यूरोफाइटर टाइफुन जस्ता अत्याधुनिक लडाकु विमान र 'पिस सिल्ड' नामक उन्नत एयर डिफेन्स सिस्टम छ। 

यद्यपि, साउदी सेना प्रविधि र हतियारका लागि अझै पनि अमेरिका र बेलायतमाथि निर्भर छ।
त्यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रविधि र सटिक आक्रमणको क्षमतामा आफूलाई अब्बल साबित गरेको छ। इरानले दुबईका विभिन्न स्थानमा हमला गरे पनि यूएईको प्याट्रियट र थाडजस्ता अत्याधुनिक रक्षा प्रणालीले धेरै क्षेप्यास्त्रहरूलाई आकाशमै विफल पारिदिएका छन्।

 कुवेतले पनि ३६७ ब्याटल ट्याङ्क र एफए-१८ हर्नेट लडाकु विमानमार्फत आफ्नो जमिन र आकाशलाई सुरक्षित राख्ने प्रयास गरिरहेको छ।
बहराइन र कतारको शक्ति सानाे भए पनि सामरिक रूपमा निकै महत्वपूर्ण छ। बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडा रहेको छ भने कतारमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा 'अल उदैद' अवस्थित छ।

कतारसँग राफाल र टाइफुन जस्ता विश्वका उत्कृष्ट लडाकु विमानहरू छन्। यी खाडी मुलुकहरूको साझा कमजोरी भनेको स्थानीय जनशक्तिको कमी र विदेशी कन्ट्याक्ट सैनिकहरूमाथिको निर्भरता हो।

 यति हुँदाहुँदै पनि, अमेरिकी सुरक्षा छाता र आफ्नै अत्याधुनिक हतियारका कारण यी देशहरू इरानका लागि ठूलो सैन्य चुनौतीका रूपमा रहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्