२४ जेठ २०८३, आइतबार
कांग्रेस दलको नेता चयनको सकस

पार्टी नेतृत्वसँग कुरा गरें‚ सर्वसम्मत संसदीय दलको नेता बन्छुः आङदेम्बे [कुराकानी]

चैत ११, २०८२
काठमाडौं

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देबेले आफू संसदीय दलको नेता बन्ने बताएका छन् । 

आफ्नो पिताको निधनमा पाँचथरमा रहेका नेता आङ्देबेले दलको नेता सहमतिमै चयन हुने आफूलाई विश्वास रहेको पनि बताए । 

पूर्व सहमहामन्त्री समेत रहेका उनले अहिलेको विषम परिस्थितिमा अनावश्यक प्रतिस्पर्धा, गुट-उपगुटको आधारमा विभाजन र विवाद गर्नुभन्दा पार्टीलाई स्पष्ट दिशा दिने काम गर्नु आवश्यक रहेको उल्लेख गरे । 

आफू संसदीय दलको नेता उठ्ने विषयमा पार्टीका नेताहरूलाई जानकारी गराइसकेको पनि लोकान्तरलाई जानकारी दिए । 

‘मैले पार्टी सभापति, पदाधिकारीहरू र पार्टीका वरिष्ठ नेताहरू सबैलाई आफू यस विषयमा इच्छुक रहेको जानकारी गराइसकेको छु‚’ उनले भने‚ ‘मेरो अभिरुचि व्यक्तिगतभन्दा पनि पार्टीलाई सहज बनाउने उद्देश्यले प्रेरित हो भन्ने कुरा मैले उहाँहरूलाई स्पष्ट पारेको छु।’

जवाफमा पार्टी नेतृत्वले स्पष्टरूपमा कुनै प्रतिक्रिया नदिएको तर नकारात्मक प्रतिक्रिया पनि नआएको भनाइ उनको छ । 

सर्वसम्मत नभए दलको नेताको चुनाव लड्नुहुन्छ ? भन्ने प्रश्नमा उनले त्यो समय आएपछि अवस्थाअनुसार निर्णय गर्ने जानकारी पनि दिए ।

‘मेरो विश्वास के हो भने यस्तो परिस्थितिमा संसदमा मेरो उपस्थिति पार्टीका लागि उपयोगी हुनेछ। त्यसैले सर्वसम्मत हुने सम्भावना नै बढी देख्छु‚’ उनले भने । 

अर्का नेता अर्जुननरसिंह केसीको पनि दलको नेतामा दाबी छ के उहाँसँग छलफल भएको छ ? भन्ने प्रश्नमा उनले सबैसँग छलफल भइरहेको बताए ।

‘हो, उहाँसँग छलफल भएको छ। उहाँ वरिष्ठ नेता हुनुहुन्छ र उहाँप्रति मेरो पूर्ण सम्मान छ‚’ उनले थपे‚ ‘हामीले आ-आफ्नो धारणा राखेका छौं। अन्ततः पार्टीको हितलाई ध्यानमा राखेर निर्णय हुनेछ।’

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्