१४ असार २०८३, आइतबार

रौतहट जिल्ला अदालतका डिट्ठा ५० हजार घुससहित पक्राउ

चैत १७, २०८२
काठमाडौं
रौतहट जिल्ला अदालतका डिट्ठा ५० हजार घुससहित पक्राउ

रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिट्ठा लवकुमार सिंह ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार दिउँसो रौतहट जिल्ला अदालतको परिसरबाटै नियन्त्रणमा लिएको हो ।

सिंहले अदालतको फैसला बमोजिम जग्गा फुकुवा गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।​

सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका ​प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगको टोलीले उनको साथबाट १ थान मोबाइल पनि बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्