२४ असार २०८३, बुधबार

एमाले संसदीय दलको नेतामा थापा निर्वाचित

चैत १८, २०८२
काठमाडौं
एमाले संसदीय दलको नेतामा थापा निर्वाचित
फाइल फोटो

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' सर्वसम्मत चयन भएका छन् ।

उम्मेदवारी दर्ताका लागि छुट्ट्याइएको समयभित्र बादलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

निर्वाचन संयोजक निरज आचार्यले निर्धारित समयमा एउटा मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित घोषणा गरिएको लोकान्तरलाई जानकारी दिए ।

युवा नेता सुहाङ नेम्वाङले पनि उम्मेदवारी मनोनयनका लागि फारम लगेका थिए ।

तर, उनका लागि प्रस्तावक र समर्थक बस्न अन्य सांसद तयार नभएपछि उम्मेदवारी दर्ता गराउन नसकेको एमाले स्रोतले लोकान्तरलाई जानकारी दियो ।

शुरूमा राजेन्द्र राई र डा. अर्जुन कार्की प्रस्तावक/समर्थक बस्ने तयारी गरेका थिए । उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले ब्याक गराएपछि सुहाङको केही लागेन ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अध्यक्षसहित सबै पदाधिकारी पराजित भएपछि एमालेलाई संसदीय दलको नेता चयनमा सकस भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्