२१ जेठ २०८३, बिहीबार
तेक्वान्दोकी युवा प्रशिक्षक

तेक्वान्दोको साख फर्काउने चुनौती छ, युवा खेलाडीको आत्मविश्वास बढेको छ– सन्दीपा अम्गाईँ

चैत २०, २०८२
काठमाडौं

नेपाली खेलकुदको इतिहासलाई समृद्ध बनाउन विगतदेखि नै ‘पावर गेम’ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यद्यपि, नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को छातामुनि आयोजना हुने वृहत् औपचारिक प्रतियोगितामा हालसम्म एसियाली आकाश छिचोल्न सकेको छैन ।

एसियाली र दक्षिण एसियाली खेलकुदमा भने नेपाली खेलकुदले विगतदेखि आफ्नो गतिलो उपस्थिति जनाउँदै आएको छ । दक्षिण एसियाली र एसियाली खेलकुदमा नेपालले हालसम्म जितेका अधिकांश पदक पनि ‘पावर गेम’सँगै जोडिएका छन् ।

त्यसैमध्येको एक खेल हो, तेक्वान्दो । नेपालले एसियाली खेलकुदमा हालसम्म जितेका पदकमध्ये सबैभन्दा ठुलो हिस्सा तेक्वान्दोकै छ । सन् १९८६ को एसियाली खेलकुदमा नेपालले पहिलोपटक पदक जितेको थियो । त्यतिबेला नेपालले जितेको आठमध्ये चार पदक तेक्वान्दोकै नाममा लेखिएको थियो ।

तेक्वान्दो ‘आइकन’ विधान लामाको विरासत धान्दै सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा नेपाललाई पहिलोपटक रजत पदक दिलाएकी थिइन् । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली तेक्वान्दोको प्रभाव केही खस्किएको भान हुन थालेको छ ।

यसबीचमा पनि पारा ओलम्पिकमा भने नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कांस्य पदक जितेर इतिहास रचेकी छन् । एसियाली खेलकुदको चर्चा गर्दा, नेपाली तेक्वान्दो खेलाडीले पछिल्लोपटक सन् २००६ को दोहा एसियाडमा पदक जितेका थिए । त्यसयता चारवटा एसियाड सम्पन्न भइसकेको छ । तर, नेपाली तेक्वान्दो खेलाडीले अर्को पदक नेपाल भित्र्याउन सकेका छैनन् ।

आगामी एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ । उक्त एसियाडमा ऐतिहासिक स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्यसहित नेपाल सरकारले ‘मिसन–२०२६’ अभियान सञ्चालन गरेको छ ।

आगामी एसियाडमा नेपालले पदकको आश गरेको मुख्य खेलमध्ये तेक्वान्दो पनि एक हो । उक्त एसियाडका लागि तेक्वान्दो टोलीलाई तयारी गराउने प्रशिक्षकमध्ये एक हुन्, सन्दीपा अम्गाईँ । उनी आफैँ पूर्वखेलाडी पनि हुन् ।

कुशल खेलाडी हुँदै अन्तर्राष्ट्रिय निर्णायक र प्रशिक्षकको फरक परिचय बनाएकी सन्दीपाले तेक्वान्दो खेलाडीको सीप तिखार्न सक्रिय छिन् ।

तेक्वान्दो खेलको पछिल्लो अवस्था, एसियाली खेलकुदको तयारी, खेलाडीको स्तर, प्रशिक्षणका क्रममा आएका समस्या, एसियाड छनोटका लागि तेक्वान्दोको नियममा गरिएको परिवर्तनलगायतका विषयमा लोकान्तरले उनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, सन्दीपासँग गरिएको कुराकानीको सम्पादित अंश :

सन्दीपाका भनाइ हाइलाइट्स:

० नियम फेरिएकाले एसियाडमा पदकको यात्रा सहज छैन ।

० सन्तुलित आहारदेखि खेल सामाग्रीसम्म खेलाडीले हरेक कुरामा सम्झौता गनुपर्ने अवस्था छ ।

० नयाँ सरकारबाट खेलकुद क्षेत्रले निकै आश गरेको छ ।

० खेल क्षेत्रमा कायापलट गर्न खेलकुद बुझेकै व्यक्ति चाहिन्छ ।

० राष्ट्रिय टोलीमा रहेका खेलाडीसँग सरकारले लिखित सम्झौता गर्नुपर्छ ।

० तेक्वान्दोको साख फर्काउने चुनौती छ तर, युवा खेलाडीले आत्मविश्वास बढाएका छन् ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्