१२ साउन २०८३, मंगलबार

देवानगन्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

साउन ११, २०८३
विराटनगर
देवानगन्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

सुनसरीको देवानगन्ज घटनाको विरोधमा विराटनगरमा पनि प्रदर्शन भएको छ ।

सोमबार दिउँसो केही व्यक्तिहरूको समूहले विराटनगरको मुख्य बजार क्षेत्रमा बन्द गराएका हुन् ।​

उनीहरूले नाराबाजी गर्दै पसलहरू बन्द गराएका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कबित कटवाका अनुसार उनीहरूले प्रदर्शन गरेपछि व्यवसायीले आफैं पसल बन्द गराएका बताए ।

अहिले पसलहरू खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

गएराति सुनसरीको देवानगन्ज घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको थियो ।

अहिले त्यस क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्