०३ असार २०८३, बुधबार

वैदेशिक रोजगारीको प्रलोभनमा ७३ लाख बढी ठगी गरेको आरोपमा ४ जना पक्राउ

चैत २०, २०८२
काठमाडौं
वैदेशिक रोजगारीको प्रलोभनमा ७३ लाख बढी ठगी गरेको आरोपमा ४ जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सल्यानका कर्णबहादुर राउत, तनहुँका आनन्द थापा, नवलपरासी (पूर्व)का राधिका पाठक पौडेल र मोरङका तिलक परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

उनीहरूले विभिन्न व्यक्तिबाट ७३ लाखभन्दा बढी रकम ठगी गरेको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

राउतले ११ जनालाई फिनल्याण्ड पठाइदिने भन्दै ५७ लाख, थापाले माल्टा पठाउने भन्दै एक जनासँग चार लाख ५० हजार, पौडेलले दुई जनासँग चार लाख २० हजार र परियारले सर्बिया पठाइदिने भन्दै दुई जनासँग आठ लाख रकम लिई बेपत्ता भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्