
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार विज्ञप्ति जारी गर्दै बुधबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।
'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ वैशाख २ गते बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशअनुसार अनुरोध गरिन्छ,' जारी विज्ञप्तिमा भनिएको छ ।