२८ जेठ २०८३, बिहीबार

नक्कली नोटसहित २ जना पक्राउ

बैशाख ४, २०८३
काठमाडौं
नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको फूलबारी घर भइ ललितपुरको चापागाउँ बस्ने ३२ वर्षीय रामकुमार पाख्रिन र सिन्धुलीको घ्याङलेख गाउँपालिका ५ घर भइ ललितपुरको इमाडोल बस्ने २४ वर्षीय शिव घिसिङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनीहरूलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले गएराति काठमाडौं महानगरपालिका २६ ठमेलबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ५०० दरका २८ वटा नक्कली नोट बरामद भएको छ ।

काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्