
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बजेट निर्माणका विषयमा अर्थमन्त्रीसहित सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेका छन् ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका अधिकारीहरू सहभागी छन् ।
बैठकमा यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रालय, आयोग र प्रतिष्ठानले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।