१६ असार २०८३, मंगलबार

गैँडाको खागसहित दरबारमार्गबाट ३ जना पक्राउ

बैशाख २३, २०८३
काठमाडौं
गैँडाको खागसहित दरबारमार्गबाट ३ जना पक्राउ

काठमाडौंको दरबारमार्गबाट गैँडाको खागसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्ठसहित ३ जना रहेका छन् ।

उनीहरूलाई दरबारमार्गस्थित एक क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैँडाको खाग १ थानसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्