१६ असार २०८३, मंगलबार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा तीन पदयात्रीको मृत्यु

बैशाख २६, २०८३
काठमाडौं
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा तीन पदयात्रीको मृत्यु

इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तमा रहेको माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा तीन जना पदयात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान भएको आकस्मिक प्राकृतिक विपत्तिमा एक सिंगापुरका नागरिक र एक इन्डोनेसियाली नागरिकको मृत्यु पुष्टि भएको सीएनएनले जनाएको छ । 

घटनाको समयमा क्रेटर (ज्वालामुखीको मुख) नजिकै २० जनाको समूह पदयात्रा गरिरहेको थियो, जसमा नौ विदेशी र ११ स्थानीय नागरिक सामेल थिए ।

१७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । टर्नेट खोज तथा उद्धार कार्यालयका प्रमुख इवान रामदानीले साँझ ६ बजेसम्मको अपडेट दिँदै मृतक तीन जनाको शव अझै पहाडमै रहेको र खराब मौसम तथा रात परेका कारण खोजी कार्य स्थगित गरिएको समाचारमा उल्लेख छ ।  

salt training

कमेन्ट गर्नुहोस्