
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको हो ।
त्यसका लागि वैशाख २६ गते (शनिबार) गोरखापत्र दैनिकमा दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशन गरिएको हो ।
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा (एक जना) र सदस्य पदमा (चार जना)का लागि दरखास्त आह्वान गरिएको हो ।
इच्छुक र योग्य व्यक्तिले आगामी जेठ ५ गतेभित्र निवेदन पेश गर्न सक्ने मन्त्रालयले जनाएको छ।
