२८ जेठ २०८३, बिहीबार

सुनको मूल्य १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो

बैशाख २७, २०८३
काठमाडौं
सुनको मूल्य १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो

गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजारले घटेको छ भने  चाँदीको मूल्य भने २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३०० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ मा  खरिदबिक्री भएको थियो  ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्