०७ असार २०८३, आइतबार

एन्फाको निलम्बन फुकुवा गर्ने सहमति

जेठ १, २०८३
काठमाडौं
एन्फाको निलम्बन फुकुवा गर्ने सहमति

अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवा हुने भएको छ । एन्फाका प्रवक्ता सुरेश साहका अनुसार, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग एन्फाका पदाधिकारीको छलफलपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।

आफ्नो निर्देशन विपरीत ‘अर्ली इलेक्सन’मा गएको भन्दै गत चैत ११ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको वर्तमान कार्यसमितिलाई निलम्बन गरेको थियो ।

विधान अनुरूप तहगत रूपमा निर्वाचन गर्न पटक–पटक दिइएको निर्देशनलाई अटेर गरेको र सोधेको स्पष्टीकरणको जवाफ पनि चित्तबुझ्दो नभएको कारण देखाउँदै राखेपको कार्यकारी समिति बैठकले एन्फा कार्यसमितिलाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

निलम्बनमा परेपछि एन्फाले चैत १३ गते झापामा हुने भनिएको आफ्नो निर्वाचन प्रक्रिया पनि रोकेको थियो । निर्वाचनमा सहभागी हुन विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधि आइसकेको अवस्थामा एन्फा निर्वाचन रोकिएको एन्फाले जनाएको थियो ।

एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल असार ६ गते सकिँदैछ । पछिल्लो पटक एन्फाको निर्वाचन २०७९ असार ६ गते भएको थियो ।

कमेन्ट गर्नुहोस्