
गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ ।
ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा लोकप्रिय दीपक शर्माको शब्द र संगीत रहेको छ । गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सिङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ ।
म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका छ । भिडियोमा सुरेश कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र गायिका बरालले अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सहायक कोरियोग्राफर नविन पौडेल रहेका छन् ।
लोक पप, आधुनिक र र्याप गीत गाउँदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो ।
यसअघिका उनका ‘नरिसाउन होइ, खानदानी छोरी, माया छ कि छैन, नैना रेशम’ लगायत गीत बजारमा आइसकेका छन् ।
हेर्नुहोस् भिडियो :