
नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक ईभीले पोखरामा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । पोखराको नयाँ बजारमा २०८३ वैशाख ३१ गतेबाट शोरुम सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्त्वपूर्ण कदम हो ।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधि तथा नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक केन्द्रित सेवाहरूलाई समेटिएको थियो ।
उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक ईभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ ।
शोरुममा आउने ग्राहकहरूले डिजटल प्रोडक्ट डिस्प्लेमार्फत् सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फत् विद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्टाफचरसम्बन्धी परामर्श पनि प्राप्त गन सक्नेछन् ।