०८ असार २०८३, सोमबार

युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच स्वीट्जरल्याण्डमा ऐतिहासिक वार्ता सुरु

असार ७, २०८३
काठमाडौं
युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच स्वीट्जरल्याण्डमा ऐतिहासिक वार्ता सुरु

 युद्ध अन्त्य गर्ने लक्ष्यका साथ अमेरिका र इरानका उच्च अधिकारीहरू प्रत्यक्ष वार्ताका लागि स्वीट्जरल्याण्ड पुगेका छन्। गत हप्ता दुई देशबीच युद्ध समाप्त गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछि आइतबारदेखि औपचारिक वार्ता सुरु भएको हो।

यस प्रारम्भिक सम्झौतामा आगामी ६० दिनभित्र अन्तिम शान्ति सम्झौतामा पुग्ने प्रतिबद्धता जनाइएको छ। सम्झौताअनुसार लेबनानसहित सबै मोर्चाहरूमा जारी शत्रुतापूर्ण कारबाही अन्त्य गर्ने र रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग 'स्ट्रेट अफ हर्मुज' पुन: सञ्चालनमा ल्याउने उल्लेख छ।

यद्यपि, इजरायल र इरान समर्थित हिजबुल्लाहबीच लेबनानमा जारी भिडन्तका कारण इरानले शनिबार उक्त जलमार्ग बन्द गर्ने घोषणा गरेको थियो, तर ट्र्याकिङ डेटाले भने जहाजहरूको आवतजावत अझै जारी रहेको देखाएको छ।

वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व गर्दै उपराष्ट्रपति जेडी भान्स स्वीट्जरल्याण्डको बुर्जेनस्टोक रिसोर्ट पुगेका छन्। उनीसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र विशेष दूत स्टिभ विट्कोफ पनि सहभागी छन्। इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बागेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघ्ची शनिबार राति नै त्यहाँ पुगिसकेका छन् ।
यस वार्तामा पाकिस्तानले महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर पनि वार्ता टोलीमा सहभागी छन्। यसअघि पनि पाकिस्तानले दुई देशबीचको वार्ताका लागि समन्वय गर्दै आएको थियो।

salt training

कमेन्ट गर्नुहोस्