०९ असार २०८३, मंगलबार

डुबेर आठ वर्षीया बालिकाको मृत्यु

असार ७, २०८३
काठमाडौं
डुबेर आठ वर्षीया बालिकाको मृत्यु

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित कमलतालमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
तालमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए । पुथा उत्तरगङ्गा गाउँपालिका–९ खाराबाङकी आठ वर्षीया साहासी रोका मगरको मृत्यु भएको हो ।

बालिका तालमा डुबेपछि उनका साथीले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थल गएको प्रहरीले उनलाई उद्धार गरी जिल्ला अस्पताल रुकुमपूर्व लगेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी विकले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्