१६ असार २०८३, मंगलबार
संसद्‌मा सञ्चारमन्त्री

प्रेस स्वतन्त्रता आजभोलि या पर्सि कसैले खोस्न सक्दैन, पत्रकारले ढुक्कले लेख्नुस्– सञ्चारमन्त्री

जेठ ६, २०८३
काठमाडौं
प्रेस स्वतन्त्रता आजभोलि या पर्सि कसैले खोस्न सक्दैन, पत्रकारले ढुक्कले लेख्नुस्– सञ्चारमन्त्री

सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रेस स्वतन्त्रता सरकारको कुनै व्यक्तिले नभई संविधानले सुनिश्चितता गरेको विषय भएकोले ढुक्कले लेख्न मिडियासँग आग्रह गरेका छन् । प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमल्सिनाले राज्यको एउटा अंगको रूपमा रहेको मिडिया जगतले आफ्नो ओज राख्दै निर्बाध रूपले काम गर्न सक्ने बताएका हुन् ।

'एकजना माननीयले सरकारले निरंकुश चरित्र देखायो प्रेसलाई संकुचित गराउने मनसाय हो कि प्रश्न गर्नुभयो, प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ,' मन्त्री तिमल्सिनाले भने, 'यो कुनै सरकारको व्यक्तिले दिएको नभई संविधानले दिएको अधिकार हो, सुरक्षित छ, आजभोलि या पर्सि कसैले यो अधिकार हनन गर्न सक्दैन ।'

मन्त्री तिमल्सिनाले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिताको विषय पनि हेर्नुपर्ने बताए । 'प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, जवाफदेहिता पनि आउँछ । राज्यले, व्यवस्थाले एउटा महत्त्वपूर्ण अंगको रूपमा स्वीकारेको क्षेत्रले आफ्नो ओजलाई आफ्नो गरिमा कायम गर्ने गरी काम गर्दा सरकारले चाहेर पनि केही गर्न सक्दैन,' मन्त्री तिमल्सिनाले भने ।

उनले नियमनकारी निकाय प्रेस काउन्सिललाई सशक्त बनाउने पनि प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्