२४ जेठ २०८३, आइतबार

छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने​

जेठ १०, २०८३
काठमाडौं
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने​
फाइल फोटो

छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ ।

गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो ।

बैठकले गीत, सङ्गीत र गायनतर्फको यस वर्षको पुरस्कार पनि घोषणा गरेको छ ।

गुठीका सचिव दिनेश अधिकारीका अनुसार गीत रचनातर्फ डा. नवराज लम्साल र सङ्गीत रचनातर्फ किरण कँडेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीले यस वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । ‘गुन भुल्यौ, पित्तलको सुन पायौँ होला...’ बोलको गीत रचना, सङ्गीत र गायनका लागि घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार र सम्मान गुठीका संस्थापिका तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्म मिति आगामी साउन ९ गते हरिशयनी एकादशीका दिन प्रदान गरिने गुठीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्