
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५१ हजार भन्दा बढी आबद्ध भएका छन् ।
चालु आर्थिक वर्षको फागुनसम्म २८ लाख ५१ हजार ३ सय ८२ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका हुन् ।
बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार औपचारिक क्षेत्रका ६ लाख ८५ हजार ४ सय ८७, वैदेशिक रोजगारमा रहेका २१ लाख ६४ हजार १ सय ५९, अनौपचारिक क्षेत्रका ९०४ र स्वरोजगार क्षेत्रका ८३२ गरी कूल २८ लाख ५१ हजार ३ सय ८२ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका हुन् ।

चालु आर्थिक वर्षको फागुनसम्म औपचारिक तथा अनौपचारिक क्षेत्र, वैदेशिक रोजगार र स्वरोजगार क्षेत्रमा कार्यरत गरी थप ४ लाख ७१ हजार ८ सय ३ श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५ लाख ८७ हजार ४ सय ६४ रहेको थियो ।