२५ जेठ २०८३, सोमबार

तीन वर्षभित्र हुलाकी राजमार्ग निर्माण सम्पन्न गरिने

जेठ १५, २०८३
काठमाडौं
तीन वर्षभित्र हुलाकी राजमार्ग निर्माण सम्पन्न गरिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरिने घोषणा गरेका छन् । 

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले हुलाकी राजमार्गका लागि चार अर्ब ६५ करोड रूपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

बजेट वक्तव्यअनुसार घना बस्ती भएका क्षेत्रमा राजमार्ग चौडा गर्ने कार्य शुरू गरिनेछ । साथै, आयोजनाअन्तर्गत आठ वटा सडक पुल निर्माण सम्पन्न गरिने सरकारको योजना छ ।

salt training

कमेन्ट गर्नुहोस्