०९ साउन २०८३, शनिबार

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रलाई ८ अर्ब ३१ करोड बजेट, एक हजार युवालाई स्टार्टअप सुविधा

जेठ १५, २०८३
काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रलाई ८ अर्ब ३१ करोड बजेट, एक हजार युवालाई स्टार्टअप सुविधा

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रतर्फ ८ अर्ब ३१ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको शुक्रबारको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त क्षेत्रका लागि ८ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

बजेट वक्तव्यमा कृषि तथा पशुजन्य उद्यम सञ्चालन गर्न चाहने एक हजार युवालाई स्टार्टअप सुविधा उपलब्ध गराइने घोषणा पनि गरिएको छ।

अर्थमन्त्री वाग्लेका अनुसार कृषि तथा पशुजन्य उद्यममा युवाको सहभागिता बढाउन तथा उद्यमशीलता प्रवर्द्धन गर्न एक हजार युवालाई स्टार्टअप सुविधा प्रदान गरिनेछ।

salt training

कमेन्ट गर्नुहोस्