२५ जेठ २०८३, सोमबार

हिज्बुल्लाहले अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार गर्‍यो

जेठ १९, २०८३
काठमाडौं
हिज्बुल्लाहले अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार गर्‍यो

युद्धविराम गराउने अमेरिकी प्रस्ताव हिज्बुल्लाहले स्वीकार गरेको छ । 

प्रस्तावअन्तर्गत, बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई आक्रमण बन्द हुनेछ । बदलामा, हिज्बुल्लाहले पनि इजरायलमाथि आक्रमण गर्नबाट टाढै रहने लेबनानी अधिकारीहरूले पुष्टि गरेका छन्।

वाशिंगटनस्थित लेबनानी दूतावासले यदि यो व्यवस्था लागू भयो भने, युद्धविरामपछि सम्पूर्ण लेबनानलाई समेट्न सकिने छ । 

यसअघि, ट्रम्पले हिज्बुल्लाह नेतृत्वसँग कुरा गरेको बताएका थिए । ट्रम्पले इजरायली राष्ट्रपति मेन्जामिन नेतान्याहूसँगको तातो फोन वार्तामा लेबनानमा इजरायली सैन्य कारबाहीप्रति कडा असन्तुष्टि व्यक्त गरेका थिए । एक्सियोस रिपोर्टका अनुसार, ट्रम्पले नेतान्याहूलाई सिधै हप्काएका थिए । 

रिपोर्टका अनुसार, लेबनानमा सैन्य कारबाही जारी रहेमा अमेरिकासँग चलिरहेको कूटनीतिक वार्ता रोक्न सक्ने चेतावनी इरानले दिएपछि यो कुराकानी भएको हो । त्यसपछि ट्रम्पले यस विषयमा सिधै हस्तक्षेप गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्