२९ जेठ २०८३, शुक्रबार

सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद ४५ दिन थप

जेठ १९, २०८३
काठमाडौं
सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद ४५ दिन थप

सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला (कास्की)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

समितिको समस्याहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौं), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाडौं) नियुक्त गरिएको जनाइएको छ ।

सरकारले संयुक्त राष्ट्रसङ्घ वातावरणीय कार्यक्रम (यूएनइपी)बाट ओजन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोटेरल पोर्टोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्नेसमेत निर्णय गरिएको छ ।

बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्