०३ असार २०८३, बुधबार

सांसद दीपक बोहोराको रिटमा कारण देखाउ आदेश जारी

जेठ १९, २०८३
काठमाडौं
सांसद दीपक बोहोराको रिटमा कारण देखाउ आदेश जारी
फाइल फोटो

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपकराज बोहोराको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मंगलबार विपक्षी राष्ट्रिय मानव अधिकार आयोग समेतका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।​

बोहोराको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको अधिवक्ता एवं सांसद मधुकुमार चौलागाईंले लोकान्तरलाई जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा बोहोराले आन्दोलन भड्काएको भन्दै अनुसन्धान गर्न आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । सांसद बोहोराको अभिव्यक्ति र भिडियो फुटेजले 'जेन्जी आन्दोलन'लाई भड्काउन र अगाडि बढाउन सहयोग पुर्‍याएको दाबी आयोगको थियो ।

आयोगको सिफारिस 'काल्पनिक' रहेको दाबी गर्दै उक्त सिफारिसलाई उत्प्रेषणको आदेशमार्फत बदर (खारेज) गर्न रिटमा माग गरिएको छ ।

साथै आयोगको उक्त सिफारिसलाई कार्यान्वयन नगर्न/नगराउन अदालतबाट परमादेशको आदेश जारी गर्न समेत माग गरिएको चौलागाईंले लोकान्तरलाई बताए ।​

आयोगले बोहोरासहित रास्वपाका १७ सांसदमाथि थप अनुसन्धान गर्न भनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्