२५ जेठ २०८३, सोमबार

भारतको ओडिसामा इन्टेल र थ्रीडीजीएसले ३.३ अर्ब डलरको चिप सबस्ट्रेट प्लान्ट स्थापना गर्ने

जेठ २०, २०८३
काठमाडौं
भारतको ओडिसामा इन्टेल र थ्रीडीजीएसले ३.३ अर्ब डलरको चिप सबस्ट्रेट प्लान्ट स्थापना गर्ने

अमेरिकी सेमिकन्डक्टर विशाल कम्पनी इन्टेल र थ्रीडीजीएस इन्कले संयुक्त रूपमा भारतको पूर्वी राज्य ओडिसामा करिब ३.३ अर्ब अमेरिकी डलरको लगानीमा सबस्ट्रेट उत्पादन प्लान्ट स्थापना गर्ने भएका छन् । भारतीय सरकारले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार यो परियोजना भारतलाई चिप उत्पादनको विश्वव्यापी हब बनाउने दिशामा एउटा ठूलो कदम हो ।

यो ठुलो उद्योगको स्थापनासँगै ओडिसामा उच्च दक्ष प्राविधिकहरूका लागि प्रत्यक्ष रूपमा १,८०० भन्दा बढी रोजगारीका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको रोयटर्सले जनाएको छ । 

सेमिकन्डक्टर उपकरण (चिप)को उत्पादनमा 'सबस्ट्रेट'लाई आधारभूत र सबैभन्दा महत्त्वपूर्ण सामग्री (बेडरक मेटेरियल) मानिन्छ, जसमाथि चिपका अन्य इलेक्ट्रोनिक तत्वहरूलाई जोडिने गरिन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ अभियानअन्तर्गत देशभित्रै इलेक्ट्रोनिक्स उत्पादन बढाउन र बाह्य देशमाथिको निर्भरता कम गर्न नयाँ दिल्लीले सेमिकन्डक्टर प्लान्ट र सम्बन्धित उद्योगहरूलाई आकर्षित गर्न अर्बौँ डलरको अनुदान (सब्सिडी) प्याकेज घोषणा गरेको थियो । सोही रणनीतिको परिणामस्वरुप यो लगानी भित्रिएको हो ।

यो नयाँ प्लान्ट ओडिसाको भुवनेश्वर–खुर्दा क्षेत्रमा आगामी ५ देखि ६ वर्षको अवधिभित्र पूर्ण रूपमा स्थापना गरिने योजना छ । प्लान्टले विशेष गरी एड्भान्स्ड प्याकेजिङ ग्लास कोर सबस्ट्रेट, हाई-डेन्सिटी इन्टरकनेक्ट सबस्ट्रेट र यससँग सम्बन्धित अत्याधुनिक सेमिकन्डक्टर प्रविधिहरूको विकास तथा उत्पादनमा ध्यान केन्द्रित गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्