
स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा २०० र चाँदी रु ८५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख ११ हजार १०० कायम भएको छ । एक तोला चाँदीको मूल्य पाँच हजार २८५ निर्धारण भएको छ ।
हिजो बुधबार एक तोला सुन तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३७० मा खरिदबिक्री भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।