
स्थानीय बजारमा आज आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी ३३५ रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख आठ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।