
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला तीन लाख १० हजार १०० मा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख १० हजार ९०० निर्धारण भएको छ ।
भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि भएको थियो ।
यस्तै, चाँदीको मोल तोलामा १० रुपैयाँले बढेको छ ।
आइतबार प्रतितोला पाँच हजार ३४५ मा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ३५५ रुपैयाँ तय भएको छ ।